सोलुखुम्बु । सोलुखुम्बुमा रहेका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चार र नेपाल संस्कृत विश्वविद्यालयको एक आंगिक गरी पाँचवटा क्याम्पसमध्ये तीनवटामा सर्वसम्मत रुपमा स्ववियु नेतृत्व चयन भएको छ ।

सोताङ पब्लिक क्याम्पसमा तीन विद्यार्थी संगठनहरु नेविसंघ, अखिल र अखिल क्रान्तिकारीले आपसी सहमति गरेर नेतृत्व चयन गरेका छन् । जसअनुसार नेविसंघका प्रमोद राई सभापति, अखिलका मिलन नाछिरिङ उपसभापति र अखिल क्रान्तिकारीका अर्जुन राई सचिवमा सर्वसम्मत चयन भएका छन् ।

न्यून विद्यार्थी संख्या रहेको दुधकोशी बहुमुखी क्याम्पस नेचासल्यानमा नेविसंघका लाक्पा शेर्पा सभापतिमा सर्वसम्मत भएको क्याम्पस प्रमुख रामनारायण झाले जानकारी दिए ।

उक्त क्याम्पसमा अन्य विद्यार्थी संगठनले भने एकलौटी र गोप्य रुपमा नेतृत्व चयन गरेको भन्दै विरोध गरेका छन् । बीपी संस्कृत विद्यापिठ सल्यानमा भने अखिल क्रान्तिकारीका मोहन बस्नेतको नाम निर्विरोध सभापतिको रुपमा घोषणा गरिएको छ ।

नेविसंघका सभापति उम्मेदवार करारमा सरकारी सेवामा रहेकाले उनको दर्खास्त खारेज गरिएको र सभापतिका अर्का उम्मेदवार बस्नेतलाई निर्विरोध घोषणा गरिएको निर्वाचन समितिका सदस्यसचिव लोकेन्द्र राउतले बताए ।
70
Shares
२ चैत्र २०७९, बिहीबार ०६:२९