धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिका-४ स्थितनाम्फुमा बुधबार अपराह्न आगलागीबाट दुई घरमा क्षति पुगेको छ । स्थानीय ज्ञानबहादुर खड्का र खीलबहादुर खड्काको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

दिउँसो ४ बजेतिर अकस्मात आगो लाग्दा दुवै घरका अन्नपात, लत्ताकपडालगायत सम्पूर्ण सामान जलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

ज्ञानबहादुरको घरबाट सल्किएको आगो छिमेकी खीलबहादुरको घरसम्म फैलिएको थियो । घटनामा १३ लाखभन्दा बढीको क्षति  आगलागीको कारण भने खुल्न सकेको छैन ।
56
Shares
२ चैत्र २०७९, बिहीबार ०६:२७