काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रदेश प्रमुखहरूले सामूहिक भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा संघीयतालाई कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री निवासमा भएको भेटमा ६ वटा प्रदेशका प्रमुखहरूको सहभागिता थियो । वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रधानमन्त्रीसँगको भेटमा मुख्यतः संघीयताको प्रभावकारी कार्यान्वयनको विषयमा छलफल भएको बताए ।

‘संघीयतालाई कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सुदृढ गर्ने भन्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भयो । जनताको ठूलो बलिदान, त्याग, तपस्याले आएको संघीयता जोगाउनका लागि प्रधानमन्त्रीले कदम चाल्नुहुनेछ भन्ने विश्वास राख्यौं,’ उनले भने ।
35
Shares
१ चैत्र २०७९, बुधबार १३:१८