पहिचानसहितको लिम्बुवान किरात नाम राख्नु पर्ने माग लामो समयदेखि गरिरहेको भएपनि वेवास्ता भएपछि आन्दोलनमा उत्रिनु परेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय उपमहासचिव धनराज सुब्बाले बताए ।
उनका अनुसार जनता समाजवादी पार्टी, आदिवासी जनजाति महासंघसहितका घटकहरुको संयुक्त निर्णय अनुसार आइतबार झापामा यातायात बन्द गराइएको हो ।‘प्रदेश र केन्द्रीय सरकारले हाम्रो मागको सुनुवाइ नगरे थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्छौं’, उनले भने, ‘आज साँझ ५ बजेसम्म हड्ताल कायम रहन्छ ।’