नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले विज्ञप्ति जारी गरी शान्तिपूर्ण निर्वाचनको लागि सरकार, सम्बन्धित विश्वविद्यालय तथा क्याम्पस प्रशासनसँग आग्रह गरेका हुन्।
उक्त कार्यमा आफूहरू प्रतिबद्ध रहेको ती सङ्गठनको भनाइ छ।आसन्न स्ववियु निर्वाचनमा नेविसङ्घ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियु गरी तीन विद्यार्थी सङ्गठनबीच तालमेल गरेर जाने सहमति पनि भएको छ।
ती सङ्गठनले सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयअन्तर्गत काठमाडौँ उपत्यका र उपत्यका बाहिर समेतका क्याम्पसमा तालमेल गरेर जाने सहमति भएको विज्ञप्तिमा उल्लेख छ। सहमतिअनुसार सबै सङ्गठनको मातहतका कमिटीहरुले कार्यान्वयन गर्नु गराउनु हुन निर्देशन गरिएको छ।