काठमाडौं । उपराष्ट्रपतिमा जनमत पार्टीबाट ममता झाको मनोनयन दर्ता भएको छ ।

उपराष्ट्रपति पदमा सत्ता गठबन्धनका तर्फबाट जसपाका रामसहायप्रसाद यादव र जनमतबाट झाको मनोनयन दर्ता भएको हो ।

नेकपा एमालेले भने उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति पदमा अगाडि बढाएको छ ।

शाक्यको प्रस्तावकमा अध्यक्ष केपी ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, रघुवीर महासेठ छन् भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल छन् ।

निर्वाचन आयोगले मनोनयन दर्तापछि आजै ३ बजेभित्रमा उम्मेदवारहरुको सूची प्रकाशन गर्नेछ ।

यस्तै ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने पनि आयोगले जनाएको छ ।

49
Shares
२७ फाल्गुन २०७९, शनिबार १३:५२