शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा उनले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्ता गठबन्धनमा रहेका ९ दलबाट जसपाले प्रतिनिधिसभा सदस्य एवम् कार्यकारिणी सदस्य रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने बिहीबार नै निर्णय गरेको थियो ।त्यसैगरी सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले केन्द्रीय सदस्य ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने शुक्रबार निर्णय गरेको छ ।
साझा उम्मेदवार चयन गर्न बसेको बैठकमा एउटै उम्मेदवार चयन गर्ने विषयमा सहमति हुन सकेन् । त्यसकारण जसपा र जनमत पार्टीले आआफ्ना उम्मेदवारलाई उपराष्ट्रपतिमा उठाएका हुन् ।