निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा पुगी नेतृ शाक्यले उम्मेदवारी दर्ता गराएकी हुन्।
आज बिहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियाे।उपाध्यक्ष शाक्यकाे समर्थकमा पार्टी अध्यक्ष केपीशर्मा ओली, सुभाषचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, रघुवीर महसेठ, गोकर्ण विष्ट र प्रस्तावकमा महेशकुमार बर्तोला, कृष्ण गोपाल श्रेष्ठ, भगवती न्याैपाने, यशोधा रिमाल र तुलसा दाहाल रहेका छन्।