विराटनगर । सुजुकी सोरुम फोरह्वीलर रिजेन्ट मोटर्सले विराटनगरमा सुजुकीको नयाँ गाडी लन्च गरेको छ । सुजुकीले २०२३ मोडलमा नयाँ ब्रेजा सेग्मेन्ट अन्तर्गतको जेडएक्स्आई लन्च गरेको हो ।

सन् २०२३ मा दुई नयाँ गाडी लन्च गर्ने तयारी रहेकोमा हाल न्यु बे्रजा जेडएक्साई लन्च गरेको सुजुकी सोरुम फोरह्वीलर रिजेन्ट मोटर्स विराटनगरका सेल्स म्यानेजर सुमन कार्कीले बताए । बे्रजा जेडएक्स्आई स्मार्ट हाइब्रिड रहेको कार्कीले जानकारी गराए ।

 

२०२२ अघिका बे्रजामा फ्युल भेरियन्ट मात्र रहेकोमा नयाँ भेरियन्टमा ‘फ्युल प्लस ब्याट्री’ रहेको कार्कीले जनाए । यसले गाडी अझ वातावरण मैत्री भएको उनले बताए ।

गाडीमा रहेको ब्याट्री तथा इन्धनले एक साथ काम गर्ने भएकाले भरपर्दो र विश्वसनीय रहेको जनाइएको छ ।

लन्च भएकै दिन बुकिङ्ग गरेका उमेश शाहले आफु निकै उत्साहित रहेको बताए । गाडी लिन परिवारसहित उपस्थित भएका उमेशले भने, ‘नयाँ मोडलको विशेषतायुक्त गाडी किन्न पाउँदा धेरै खुसी छु ।’

19.82k
Shares
२६ फाल्गुन २०७९, शुक्रबार १५:०१