भ्रमणका क्रममा पौडेलले संग्रहालयमा रहेको विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचन को शालिकमा माल्यार्पण गरेका थिए ।
नवनिर्वाचित राष्ट्रपति पौडेलले बिपी संग्रहालय परिसरमा रुद्राक्षको बिरुवा समेत रोपेका छन् ।पौडेललाई संग्रहालयमा संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले स्वागत गरेका थिए । यसअघि बिहान पौडेलले गुहेश्वरी र पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए ।