विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिका पदाधिकारीको पदास्थापन बिहीबार गरिएको छ । पत्रकार महासंघ मोरङको सभाकक्षमा भएको कार्यक्रममा पदाधिकारीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै लम्सालले पत्रकारहरुलाई सांगठनिक रुपमा बलियो बनाउने र प्रेस युनियनलाई युवा पत्रकारको आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।

उनले पार्टीको गुट, उपगुटमा नलागी पत्रकारितामा केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा युनियनका कोशी प्रदेश अध्यक्ष मीनकुमार श्रेष्ठलगायतलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सञ्चारकर्मीहरुको हक, हित र अधिकारको बारेमा युनियनले अग्रपंक्तिमा रहेर काम गर्न सुझाव दिइएको थियो ।

91
Shares
२५ फाल्गुन २०७९, बिहीबार १७:४१