अफ्रिका र युरोपका २ वटा हिमाल आरोहणको तयारी गरिरहेका पाँचथरका सुशील सेर्मालाई कोरियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । किरात याक्थुङ पापोहाङ सेर्मा सङजम्भो प्रवाश दक्षिण कोरियामार्फत संकलित १ लाख ३ हजार रुपैयाँ उनलाई उपलब्ध गराइएको छ ।

पाँचथरको कुम्मायक–२ निवासी सुशीललाई उक्त संस्थाका अध्यक्ष नरेन्द्र सेर्माले आइतबार फिदिममा आयोजित पत्रकार सम्मेलनमा रकम हस्तान्तरण गरे ।

यसअघि विश्वको सर्वोच्च शिखर सगरमाथा, आइसल्यान पिक र लाङटाङ हिमाल आरोहण गरेका सुशील तान्जानियास्थित ५ हजार ८ सय ९५ मिटर उचाइको किल्ली मन्जारो र रसियाको माउन्ट एल्बुस नामक हिमाल आरोहणको तयारी गरिरहेका छन् ।
70
Shares
२५ फाल्गुन २०७९, बिहीबार ०८:४२