काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज घरेलु टोली नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुने सो खेले बिहान साढे ९ बजेबाट सुरु हुने बताइएको छ । नेपालले पपुवा न्युगिनी र युएईसँग घरेलु मैदानमा आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम सिरिज खेल्दै छ ।

यूएईमा आयोजित त्रिकोणात्मक सिरिज सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली गत मंगलबार स्वदेश फर्किएको हो । लिग टुको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेल्न युएई भ्रमण गएको नेपालले खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको थियो ।

नेपालले पपुवान्युगिनी र घरेलु टोलीसँग समान २/२ खेल खेलेको थियो । जसमा पपुवान्युगिनीसँगका दुवै खेल जित्यो भने युएईसँगको पहिलो खेल हारेको थियो ।

70
Shares
२५ फाल्गुन २०७९, बिहीबार ०७:१४