काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपति चयन गर्न आज निर्वाचन हुँदैछ । राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न संघीय सांसद र सातै प्रदेशका प्रदेशसभा सदस्य काठमाडौं आइसकेका छन् ।

काठमाडौंमा भेला भएका सांसद तथा प्रदेशसभा सदस्यहरुसँग हिजो दिनभरै उम्मेदवारहरु रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले भेटघाट गरेका थिए ।

दुवै उम्मेदवारको आफ्नो दलसँग एकल बहुमत छैन । यही कारण उनीहरु ढुक्क छैनन् । अझ राष्ट्रपति निर्वाचनमा दलीय ह्विप नलाग्ने भएकाले क्रस भोटिङको डर पनि उत्तिकै छ ।

राष्ट्रपतिको निर्वाचनका लागि ८८२ जना मतदाता छन् । संघ र प्रदेश गरी एक हजार ५० मतभार स्वतन्त्र मतदाताको छ ।

संघीय सांसदको ७९ र प्रदेशसभा सदस्यको ४८ मतभार रहन्छ । अहिले प्रतिनिधिसभा २७२ र राष्ट्रियसभा ५९ सांसद छन् । सातै प्रदेशबाट ५५० प्रदेशसभा सदस्य मतदाता छन् ।
63
Shares
२५ फाल्गुन २०७९, बिहीबार ०६:२१