स्कुलका चियरमेन इ. डा. मिथिलेशकुमार झा तथा प्रिन्सिपल केशरबहादुर खुलालको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका लागि काठमाडौं वर्ल्ड स्कुल विशिष्ट श्रेणीको स्कुल रहेको जानकारी गराइयो ।प्रिन्सिपल खुलालले शान्त तथा सौहार्दपूर्ण वातावरणमा उत्कृष्ट शिक्षा स्कुलले प्रदान गरिरहेको बताए । उनले वर्षेनि नेपाल वाहिर जाने विद्यार्थीलाई नेपालमै शिक्षा प्रदान गर्न स्थापित स्कुलले गुणस्तरिय शिक्षा प्रदान गरिरहेको बताए ।
अविभावकले आफ्ना छोराछोरीले सम्पूर्ण कुरा दिइरहेकोमा समय दिन नकिरहेको बताए । गुणस्तरीय शिक्षाका लागि समय महत्वपूर्ण कुरा रहेको उल्लेख गर्दै अभिभावकले छोराछोरीका लागि समयको व्यवस्थापना गर्न जरुरी रहेको बताए ।शिक्षालाई उच्चस्तरीय बनाउनका लागि श्रोत साधनको आवश्उकता रहेको उल्लख गर्दै उनले शिक्षकलाई समेत गुणस्तरीय शिक्षा प्रदान गर्न विज्ञताको आवश्यक्ता रहेको बताए ।
सहभागीले स्कुल जाँदा बोकाइने पुस्तकको भारीलाई कसरी मुक्त गराई विद्यार्थीलाई त्यसबाट हुने असरका बारेमा मुक्त गराउने कुराको जिज्ञासा राखेका थिए ।
स्कुलका चियरमेन इ. ड. ।झाले छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको बताए । स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको झाको भनाई छ ।
व्यवहारिक तथा प्रयोगात्मक सिकाइलाई केन्द्रमा राख्दै स्कुलले शुक्रबार झापाको बिर्तामोड तथा शनिबार सुनसरीको धरानमा एजुकेस्नल टुर गरिसकेको छ ।
स्कुलले देशभरका प्रमुख सहरहरुमा कार्यक्रमको आयोजना गरिने स्कुल प्रशासनले जनाएको छ । सिजि होल्डिङको सहकार्यमा आयोजित कार्यक्रमको सहजिकरण ड्रिम हाई नेपालले गरेको छ ।