काठमाडाै । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदैछन् । यी खेल च्यासल मैदान र दशरथ रङ्गशालामा हुनेछन् ।

च्यासल मैदानमा हुने खेलमा दिउँसो साढे २ बजे न्युरोड टिम (एनआरटी) र सातदोबाटोबीच खेल हुनेछ । त्यस्तै दशरथ रङ्गशालामा दिउँसो साढे २ बजे आर्मी र सङ्कटा क्लब तथा बेलुका साढे ५ बजे मच्छिन्द्र र जावलाखेल युथ क्लबबीच खेल हुनेछ ।

मच्छिन्द्र लिगको साविक विजेता टोली पनि हो । हिजो भएको खेलमा एपीएफले थ्री स्टारलाई तथा चर्च ब्वाइजले पुलिसलाई हराउँदै विजयी सुरुवात गरेका छन् । हिजोको अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेलका छन् ।
693
Shares
२१ फाल्गुन २०७९, आईतवार ०८:३२