कोशी प्रदेश नाम राखिनु संविधानविपरीत भएको दाबी गरे। उनले भने, ‘अहिलको सरकारले पञ्चायती नाम राखेको छ। सार्वभौम अधिकार प्रदेशसँग रहँदै गर्दा प्रदेश सरकारले पहिचानधारी पक्षलाई धोका दिएको छ। संविधानको मूल मर्म, पहिचान र सामर्थ्यविपरीत सरकारले नाम ल्याउनु प्रदेशका लागि दुर्भाग्यपूर्ण छ।’
सरकारमा रहेको नेकपा माओवादी केन्द्रले प्रदेशवासीलाई धोका दिएको आरोप लगाएका पूर्वमन्त्री यादवले नाम राखिसकेर विज्ञप्ति जारी गर्नुको कुनै तुक नभएको बताए।‘प्रदेशको नामाकरण संविधानको मर्मविपरीत’
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री जयराम यादवले संविधानको मूल मर्मविपरीत ठूला राजनीतिक दलहरुले प्रदेशको नाम राखेको आरोप लगाएका छन्।