काठमाडाैँ । आगामी वर्ष हुने यु-१९ विश्वकपमा स्थान बनाउनका लागि एसिया छनोट अन्तर्गत युएईसँगको निर्णायक खेलमा नेपाली युवा टिमले घरेलु टोली युएईलाई जितका लागि १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

निर्णायक खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै नेपालले ४८.५ ओभरमा अलआउट हुँदै १९१ रनको स्कोर तयार गर्‍‍याे। १९ रन जोड्दा महत्त्वपूर्ण ३ विकेट गुमाएको नेपालका लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीय इनिङ खेले।

त्यस्तै, उतम रङ्गु थापा मगरले ३६ रन बनाउँदा विशाल विक्रम केसीले ३८ रनको योगदान दिएका थिए।

आजमानस्थित इडेन गार्डेन ओभलमा थप दोहोरो स्कोरका र”पमा दिपेश कँडेलको १५ रन रहँदा मिलन बोहोराले १० तथा हेमन्त धामीले १३ रन बनाए। युएईका लागि ध्रुव परशरले ३ विकेट लिँदा आयान अफजाल खान र हरित हरिस सेटीले समान २-२ विकेट लिए। त्यस्तै, हर्सीत सेट र अमर बडामीले समान १-१ विकेट लिए।

नेपाल र युएई दुवै सुरुवाती चार खेलमा जित निकालेकाले दुबैका लागि यो खेल निर्णायक बनेको छ।

यो खेलको विजेताले आगमी वर्ष श्रीलंकामा हुने यु-१९ विश्वकप खेल्न पाउने छ। नेपाल युएईलाई हराउँदै २०१६ पछि विश्वकपमा स्थान बनाउने प्रयासमा रहेको छ।

315
Shares
१८ फाल्गुन २०७९, बिहीबार १४:०९