तालिमको एक समारोहका बीच बुधबार महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरिन् ।
तालिममा करसम्बन्धी अवधारणा, महानगरपालिकको आर्थिक ऐन २०७९, स्थानीय तह र वडा समितिको काम, कर्तव्य र अधिकार, स्थानीय तहको योजना प्रक्रियामा सम्बोधन गर्नुपर्ने बहुक्षेत्रगत विषयहरुबारे जानकारी दिइने छ ।यसैगरी वडा समितिको भूमिका, वडाध्यक्ष, वडा समितिका सदस्यहरु र वडा सचिवको काम, कर्तव्य र अधिकार, वडा समितिबाट प्रदान गरिने सिफारिसहरु र सर्जमिन मुचुल्का, सम्पत्ति कर निर्धारण प्रक्रिया, सम्पत्ति कर निर्धारण प्रक्रियालगायतका विषयमा जानकारी दिइनेछ दिइनेछ ।
पाँच दिनसम्म सञ्चालन हुने तालिममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतलगायतले प्रशिक्षण दिने छन् ।सिफारिस भएर आएका कर्मचारीलाई प्रशिक्षण दिएपछि महानगर र वडाहरुमा खटाइने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी गराए । तालिममा २२ जना पाँचौं तहका कर्मचारी सहभागी छन् ।