मंगलबार अबेर राति भएको उक्त दुर्घटनामा ८५ जना घाइते भएका ग्रिसको अग्नि नियन्त्रण सेवाका अधिकारीहरुले बताएका छन् ।
दक्षिणी सहर एथेन्सबाट उत्तरी सहर थेसालोनिकीतर्फ जाँदै गरेको यात्रुबहाक रेल र थेसालोनिकीबाट लासिरातर्फ जाँदै गरेको मालबाहक रेल ग्रिसको मध्य भूभागमा पर्ने लारिसा सहर नजिक ठोक्किएको थेसाली क्षेत्रका गर्भनरले जानकारी दिएका छन् ।रेलका चार वटा डिब्बा लिगबाट उछिट्टिएका थिए । जसमा दुई डिब्बामा तत्काल आगो लाग्दा ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
करिब २५० यात्रुलाई दुर्घटनाग्रस्त रेलबाट सकुशल उद्धार गरिएको छ । एक यात्रुले रेलको डिब्बाको झ्याल सुटकेसले फोडेर बाहिर निस्कन सफल भएको बताएका छन् ।स्थानीय सञ्चारमाध्यमले यात्रुबाहक रेलमा करिब ३५० यात्रु सवार रहेको जनाएका छन् । दुर्घटनापछि दुर्घटनाग्रस्त रेलका भग्नावशेषका साथै आगो लाग्दा ठूलो धुवाँको मुस्लो देखिएको थियो ।