महासंघका प्रदेश कार्यसमिति सदस्य सुभाष आचार्यका अनुसार दक्ष कामदारको अभाव झेल्दै आएको उद्योग प्रतिष्ठानको सहजता र कामदारको भविष्यका लागि तथ्यांक संकलन सुरु गरिएको बताए ।
श्रमशक्तिको विकासमा आवश्यक पर्ने विभिन्न तालिमसमेत महासंघले गर्दै आएको बताएका सदस्य आचार्यले उद्योग प्रतिष्ठानसँग मिलेर महासंघले माग र आपूर्ति व्यवस्थापन गरिरहेको जानकारी दिए।वित्तीय क्षेत्रको चर्को ब्याज, असहयोगसँगै दक्ष जनशक्ति अभावमा उद्योग प्रतिष्ठान बन्द हुने अवस्थामा पुगिसकेको उनको भनाइ छ।
आचार्यले भने, ‘उद्योग क्षेत्रलाई वित्तीय संस्थाहरुको असहयोग हुँदै आएको छ। तैपनि, उद्योग मुलुकमा रोजगारी सिर्जना गर्दै आएको छ । नयाँ रोजगारीसँगै दक्ष जनशक्ति अभावलाई न्यून गर्न महासंघले श्रम शक्तिको विकासमा ध्यान दिँदै आएको छ।’