निर्वाचन आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै फागुन १७ देखि चैत ५ गतेसम्म आचारसंहिता लागू हुने जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकारी प्रयोग गरी फागुन १७ देखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसहिंता २०७९ जारी गर्ने निर्णय गरेको छ ।’निर्वाचनका लागि संघीय संसदमा हाल कायम रहेको ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहने आयोगले जनाएको छ ।
आयोगले जारी गरेको आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीमा लागू हुनेछ ।यस्तै, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई आचारसंहिता लाग्ने आयोगले जनाएको छ ।