विराटनगर । मोरङको नेमुवामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सोमबार बिहान ९ बजे बुढिगंगा गाउँपालिका ४ मा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विराटनगरबाट इटहरी जाँदै गरेको बा ६३ प ७२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका युवकको पहिचान खुल्न बाँकी छ ।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्कएको थियो ।

5.75k
Shares
१५ फाल्गुन २०७९, सोमबार १२:५५