पक्राउ पर्नेमा भारतको सुपौल बिहारकी ३१ वर्षीया अस्मिता कुमारी साह रहेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनकाे साथबाट स्रोत नखुलेको ६ लाख ८३ हजार ३ सय नेपाली रुपैयाँ र ५० हजार भारतीय रुपैयाँ गरी ७ लाख ६३ हजार ३ सय रुपैयाँ बरामद भएकाे हाे ।
स्रोत नखुलेको ७ लाख ६३ हजारसहित भारतीय पक्राउ
सप्तरी । स्राेत नखुलेकाे ७ लाख ६३ हजार ३ सय रुपैयाँसहित एक भारतीय महिला पक्राउ परेकी छिन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितकाे जाँच टाेलीले हिजाे बेलुका महिलालाई तिलाठी कोइलाडी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट पक्राउ गरेकाे हाे ।