युरोपियन युनियन इयुले रुसलाई थप व्यापारिक प्रतिबन्ध लगाउने भएको छ ।

रुसले युक्रेनमा हस्तक्षेप गरेको १ वर्षको पुगेसँगै इयुले थप व्यापारिक प्रतिबन्ध लगाएको युरोपेली परिषद अध्यक्षको कार्यालयलाई उद्धत गर्दै अलजजिराले जनाएको छ ।

रुसले युक्रेन विरुद्ध विभिन्न उपकरणसहित सेना परिचालन गरेकोमा उसलाई व्यापारिक प्रतिवन्ध लगाइने निर्णय भएको इयुले जनाएको छ । आर्थिक प्रतिवन्धले रुसलाई थप असर गर्ने इयुको दाबी छ ।

त्यस्तै, रुसलाई निर्यातमा समेत कडाई गरिने र रुस समर्थित मुलुकका लागि समेत सो प्रतिवन्ध लागु हुने जनाइएको छ ।

14
Shares
१४ फाल्गुन २०७९, आईतवार ०९:०२