संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारीमा प्रदेश १ स्तरीय बौद्ध सम्मेलन सुरु भएको छ । प्रदेश स्तरीय अनुसन्धान केन्द्र र बौद्ध संग्रहालय निर्माण गर्ने उद्देश्यले तीन दिने सम्मेलन खाँदबारीमा सुरु भएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालय र जिल्ला समन्वय समिति संखुवासभाको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना भएको हो । सम्मेलनको उद्घाटन १०५ वर्षे बौद्ध धर्मगुरु मानबीर पैजो (दारी लामा) को प्रमुख आतिथ्यतामा भएको थियो ।

सम्मेलनको उद्घाटनको पहिलो दिन सबै जातजातिहरुको झाँकी र सबै जातजातिहरुको कला संस्कृति प्रदर्शन गरिएको थियो ।
संखुवासभामा बौद्ध दर्शनको बारेमा अनुसन्धान केन्द्र खोल्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ । कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका प्रोफेसर, विज्ञ, प्राध्यापक, डाक्टर, बौद्धभिक्षु र त्यसका अनुयायीहरुको सहभागित छन् ।

दोस्रो दिन विज्ञहरुका कार्यपत्र प्रस्तुत, भिक्षुहरुको प्रवचन, बौद्ध दर्शनको बारेमा छलफल र अन्तक्र्रिया हुनेछ । तेस्रो दिन कार्यपत्र र कार्यक्रमको निष्कर्ष रहने बताइएको छ । सम्मेलनको दोश्रो दिन आइतबार जिल्ला समन्वय समितको सभाहलमा १५ जना बौद्ध विद्वानहरुले कार्यपत्र प्रस्तुत गर्ने तयारी छ ।

21
Shares
१४ फाल्गुन २०७९, आईतवार ०८:५४