विराटनगर । विराट समदुायिक भवन, विराटनगर १२ को  सञ्चालक समिति अध्यक्षमा राधेश्याम कट्टेल निर्वाचित भएका छन् ।

समिति चयनका लागि भएको निर्वाचनमा कट्टेलले अध्यक्ष पदका लागि २४४ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मन्जु श्रेष्ठ बस्नेतले १७१ मत प्राप्त गरिन् ।

यसैगरी उपाध्यक्षमा गणेशप्रसाद निरौला निर्वाचित भए । उनले ३०२ मत पाए भने प्रतिस्पर्धी भरत क्षेत्री अधिकारीले ८४ मत पाए ।

सचिवमा २०४ मत पाएर ज्ञानेन्द्र खड्का निर्वाचित भए । प्रतिस्पर्धीमध्ये लक्ष्मण कोइरालाले १४४ तथा बैजनाथ भण्डारीले ५४ मत पाएका थिए ।

सहसचिवका लागि भएको मतदानमा २२१ मत ल्याएर सञ्जय ठाकुर निर्वाचित भए भने प्रतिस्पर्धी धीरेन्द्रकुमार राजवंशीले १६२ मत प्राप्त गरे ।

यसैगरी कोषाध्यक्षमा १९८ मत पाएर विष्णुप्रसाद भट्टराई निर्वाचित भए । प्रतिस्पर्धी कपिलमणि पौड्याल (काशी) ले १९३ मत पाएका थिए।

समितिको सदस्यमा अम्बिका खरेल (२०८ मत), अरविन्द मण्डल (१४१), उदय मण्डल (१७४), विजय पौदार (१५९), विनोद रजक (१७८), प्रदीप भुजेल (२४५), मनमोहन थापा (१७९), रमिला कोइराला (२७१), रुद्र कोइराला (२०३) र लोचन सहनी (२१७ मत) निर्वाचित भएका छन् ।

2.53k
Shares
१४ फाल्गुन २०७९, आईतवार ०८:०३