काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेको बताएका छन् ।

स्व. महेन्द्र नारायण निधीको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

तत्कालीन अवस्थामा नेपाली कांग्रेससहितको गठबन्धनलाई निरन्तरता दिन नसके पनि कांग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेको बताए ।

उनले अब बनेको ८ दलीय गठबन्धन लामो समयसम्म जारी रहने बताए ।

‘हामी तत्कालीन गठबन्धनले निर्वाचनमा होमिएका थियौँ । तर निर्वाचनको नतिजा आइसकेपछि हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौँ । तर अहिले पुनः नेपाली कांग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेका छौँ । यो गठबन्धन अब पुनः देशलाई अघि बढाउनका लागि अघि लाग्नेछ ।’
63
Shares
१४ फाल्गुन २०७९, आईतवार ०७:४४