विराटनगर । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी र नेकपा एमाले सांसद लक्ष्मी महतो दुवै राष्ट्रपति निर्वाचनमा भाग लिन पाउने भएका छन् ।
बिहिबार निर्वाचन अयोगमा सांसद चौधरीमाथि संसदले गरेको निलम्बन फुकुवाको पत्र पुगेपछि मतदाता सूचीमा समावेश गरेर अन्तिम नामावाली प्रकाशन गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी गराएका छन् ।
यस्तै हत्या अभियोग लागेको एमाले सांसद लक्ष्मी महतो कोइरीले पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । महतो फरार रहेपनि निलम्बनमा नपरेकाले उनको नाम पनि मतदाता सूचिमा समावेश रहेको थपलियाले बताए , भने ‘ राष्ट्रपति निर्वाचनका लागि प्रकासित मतदाता नामावलीमा रहेको सङ्घीय र प्रदेशसभा सदस्यमाथि कुनै दाबी विरोध उजुरी परेको छैन् ।’
राष्ट्रपति निर्वाचनका लागि आज अन्तिम नामावली प्रकाशन गरिने, फाल्गुन १३ गते राष्ट्रपतिको उम्मेदवारको मनोनयान दर्ता गर्ने, सोही दिन उम्मेदवारको सूची प्रकासन गर्ने, फालगनु १४ गते उम्मेदवारको मनोनयन विरुद्ध उजुरी दिने, १४ र १५ गते मनोनयन र उजुरी उपर छानबिन गर्ने कार्यतालिका रहेको छ ।
यस्तै फाल्गुन १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने, १६ गते साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र फाल्गुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यसूची रहेको छ ।
सांसद अरुणकुमार चौधरी र लक्ष्मी महतो राष्ट्रपति निर्वाचनमा भाग लिन पाउने