मोरङ । सन् २०२२ भरि प्रदेश १ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा वृद्धि भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सोमबार विराटनगरमा आयोजना गरेको प्रदेश १ मा मानवअधिकार अवस्थाबारे पत्रकार भेटघाटमा अघिल्लो वर्ष सन् २०२१ को तुलनामा ५१ जनाभन्दा बढी पीडित भएको जनाएको हो।

इन्सेक प्रदेश १ का इन्चार्ज सोमराज थापाका अनुसार सन् २०२१ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा ९ सय १९ जना पीडित भएका थिए।

थापाले गत वर्ष सन् २०२२ मा सोही घटनामा ९ सय ७० जना पीडित भएको बताए। मानवअधिकार उल्लंघन घटनामा राज्यपक्षबाट ५२ र अन्य पक्षबाट ९ सय १८ जना पीडित भएको इन्सेक प्रदेश १ इन्चार्ज थापाले जानकारी दिए।

प्रदेश १ को १ सय ३७ पालिकामध्ये ११ पालिकामा मानवअधिकार र ज्यादतीका घटना नभएको इन्सेकले जनाएको छ। यद्यपि, झापाको दमक नगरपालिकामा ४३ जना सोही घटनामा पीडित भएका छन्।

प्रदेशमा २ सय ९९ जना बालअधिकारको घटनामा पीडित भएका छन्। सन् २०२२ मा १ सय ९८ जना बालिका बलात्कार भएको तथ्यांक इन्सेकले दिएको छ।

त्यसैगरि, बालअधिकारतर्फ शारिरीक दुव्र्यवहारमा ८२ जना बालिका, ६ जना बालिकाको बालविवाह, मानव ओसारपसारको घटना छन्। २ सय ५३ वटा घरेलु हिंसाको घटना भएको प्रदेशमा कुल १ सय ११ जना बलात्कार भएको तथ्यांक छ।

त्यसैगरी, सन् २०२२ मा सम्पन्न निर्वाचनमा १७ वटा घटनामा प्रदेश १ मा ४७ जना पीडित भएको इन्सेकले जनाएको छ। प्रदेशमा सन् २०२२ मा ७४ जनाको हत्या भएको छ।

70
Shares
१२ फाल्गुन २०७९, शुक्रबार ०६:२६