काठमाडौँ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) बैठकले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार चयन गरेको छ। सिंहदरबारमा बसेको तीन दलको बैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको बैठकमा सहभागी एक  नेताले बताए।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको उम्मेदवारबारे अन्तिम निर्णय गर्न शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने भएका छन्। सकेसम्म अन्य दलहरुसँग पनि बैठक बस्ने तीन दलका नेताहरुले बताएका छन्।

कांग्रेस भने राष्ट्रपतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलामध्ये एक नाममा सहमति गर्नेगरी आन्तरिक बैठक तथा छलफल गरिरहेको छ। शुक्रबार बिहान ८ बजे नेपाली कांग्रेससहितको बैठक बस्ने भएको छ।
70
Shares
१२ फाल्गुन २०७९, शुक्रबार ०६:१७