एक्स्पोका संयोजक गोपाल श्रेष्ठका अनुसार एक्स्पोका सबै तयारी पूरा भएको छ । धरानको पुरानो व्यापारिक साख फर्काउन एक्स्पो आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
पछिल्लो समयमा धरानको समग्र व्यापारिक व्यावसायिक गतिविधि सुस्त रहेकोले कतिपय व्यापारी व्यवसायी छिमेकी शहरतिर पलायन भएको बेला एक्स्पो आयोजना भएको हो । धरान रंगशालामा हुने एक्स्पोमा रैथाने, कृषि, औद्योगिक तथा घरेलु उत्पादन र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको आयोजकको भनाइ छ ।एक्स्पोमा कृषि औजार, कपडा, छालाका सामाग्री, घरेलु उपभोग्य सामग्री, मेसिनरी, अटोमोबाइल, बैंकिङ, वित्तीय एवम् बिमा, खाद्यान्न, खेल, कला साहित्यका सामाग्रीका स्टल राखिनेछ । एक्स्पोमा पाकिस्तान, बंगलादेश, चीन र भारतका उत्पादनहरूको स्टलहरू पनि रहनेछ ।