रोडशेष चौकदेखि राजवंशी चौकसम्मको क्षेत्रमा पाँच ठाउँमा ट्राफिक लाइट जडान गर्ने प्रक्रिया अघि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।
ती स्थानमा ६ लेन सडक आयोजना इटहरीले ट्राफिक लाइट जडानको प्रक्रिया अघि बढाएको हो ।यस्तै बजार क्षेत्रको ट्राफिक चौकदेखि तीनपैनीसम्म तीन ठाउँमा विराटनगर महानगरपालिकाले ट्राफिक लाइट जडान गर्ने तयारी गरेको छ ।
६ लेन सडक आयोजनाले मुख्य राजमार्गअन्तर्गत रोडशेष, घाँसचौक, बरगाछी, कञ्चनबारी र राजवंशी चौकमा ट्राफिक लाइट जडान हुनेछ ।यस्तै महानगरले जलजला चौक, तीनपैनी र अर्को ट्राफिक चौक वा अस्पताल चौकमा ट्राफिक लाइट जडान गर्ने तयारी गरिरहेको छ ।