युक्रेनमाथि आक्रमण गरेको १ वर्ष पुग्नै लाग्दा राष्ट्रका नाममा सम्बोधन गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र अन्य समर्थित मुलुकले युक्रेनमा असिमित शक्ति प्रयोग गरि युद्धलाई अतिरञ्जित गरेको जिकिर गरे ।
पछिल्लो समय युक्रेनमा पश्चिमा मुलुकका उच्च तहका कुटनीतिक प्रतिनिधिको आवागमन पछि रुसले आणविक हतियार सम्बन्धी सम्झौता निलम्बनको कदम चालेको रुसको भनाई छ ।सम्झौता निलम्बनसंगै आणविक हतियार परिक्षणका लागि अघि बढ्ने रुसले जनाएको छ । यद्यपि अमेरिकाले आणविक हतियार प्रयोग गरे मात्र आफुले आणविक हतियार परिक्षण गर्ने रुसका राष्ट्रपति पुटिनको भनाई छ ।
सन् २०१० मा सो सम्झौता सुरु भएको हो । विभिन्न समयमा नविकरण भएको सो सम्झौताको समयावधी सन् २०२६ सम्म रहेको थियो ।