काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन प्रस्ताव गरेको छ।

मंगलबार लोपसापका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवटारमा भेटेर ठाकुरलाई राष्ट्रिय सहमतिको उम्मेदवार बनाउन लोसपाले प्रस्ताव गरेका हुन् ।

लोसपाका प्रवक्ता केशव झाका अनुसार प्रधानमन्त्री दाहालले सकारात्मक जवाफ दिएका छन्।

‘हामीले महन्थ ठाकुरलाई राष्ट्रपतिको सहमतिको उम्मेदवार बनाऔँ भनेर प्रस्ताव गरौँ। जवाफमा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनुभयो, झाले अगाडि भने, ‘यस विषयमा हामी कांग्रेस एमालेसहितका दलहरुसँग पनि आज भोलि नै छलफल गछौँ।’

प्रधानमन्त्रीसँगको भेटमा लोसपमा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत नेताहरु सहभागी थिए। माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान राखेसँँगै अहिलेको सत्ता गठबन्धनभित्रबाटै राष्ट्रपति चुनिने संभावना कम भएको छ।
42
Shares
१० फाल्गुन २०७९, बुधबार ०४:३४