चीनले रुसलाई थुप्रै घातक हतियार दिने योजना बनाएको दाबी गर्दै ब्लिङ्केनले त्यस्तो काम गरेको खण्डमा अमेरिका–चीनबीचको सम्बन्धमा समस्या आउने सन्देश दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चीनले रुसलाई उपलब्ध गराउन लागेका हतियारहरुको विस्तृत विवरण अमेरिकाले छिट्टै सार्वजनिक गर्ने पनि उनले दाबी गरेका छन् ।चीनले भने पश्चिमा देशहरुलाई युद्ध अन्त्य गर्ने बाटो खोज्न आग्रह गर्ने जनाएको छ ।
अमेरिकी आकाश पुगेको चिनियाँ बेलुन अमेरिकाले खसालेपछि दुई देशबीच सम्बन्ध चिसिएका बेला चिनियाँ विदेशमन्त्री वाङ वाङ र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच भेटवार्ता भएको हो ।