विराटनगर । प्रदेश १ मा ठूलो डकटमले अनलाईन व्यापार शुरु गरेको छ । महिला तथा उद्यमीलाई लक्षित गरी अनलाईन ब्यापार प्रवर्द्धन तथा बजारीकरणको काम शुरु गरेको जनाएको छ।

विराटनगरमा एक कार्यक्रमको आयोजना गरि ठुलो डटकमले प्रदेश १ मा औपचारिक रुपमा ब्यापार शुरु गरेको जनाएको हो ।

कम्पनीका सिओओ फाउण्डर सुरक्षा अधिकारीले ठूलो डटकम विद्युतिय व्यापार प्रविधि कम्पनी भएको जानकारी दिईन् ।

उनले इतिहास बोकेको ठुलो डटकम २००५ साल देखि नै शुरु भएको र सन् २०१६ बाट देशभरी नै निरन्तर रुपमा साना मझौला तथा ठुला उद्योग ब्यवसायहरुलाई सुचना प्रविधिसँग आबद्ध गराउने काम गरेको सुनाईन्।

‘निरन्तररुपमा देशभरिका साना, मध्यौला तथा ठुला उद्योग व्यवसायहरुलाई सूचना प्रविधिसंग आबद्द गराइरहेका छौँ, उनले भनिन्, डिजिटल प्रविधिको माध्यमद्वारा ती व्यवसायहरुको व्यावसायिकरण, बजारीकरण र सबलिकरणमा ठुलो डटकमले टेवा पुर्याउँदै आएको छ ।’

ठूलो डटकमको प्रधानकार्यालय बागमती प्रदेशको ललितपुर जिल्लामा रहेको भएपनि यस वर्षदेखि नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश न १, प्रदेश लघु उद्यम महासंघ नेपाल लगायत अन्य संघ संस्थाको सहकार्यमा प्रदेश न १ मा डिजिटल साक्षरता तथा इ–कमर्स सम्बन्धि कार्यक्रमहरु शुरु गरेको हो ।

प्रदेश न १ भित्र विशेषगरि विराटनगर, झापा, इटहरी, उदयपुर, धनकुटा, तेरथुम र पथरीमा डिजिटल साक्षरता तथा इ–कमर्स सम्बन्धि तालिम संचालन गरेको प्रमुख कार्यकारी निर्देशक राजाराम नेपालले जानकारी दिए ।

महानगरपालिका, उप महानगरपालिका, नगरपालिका लगायत अरु ठाउंका पनि उद्यमीहरुलाई ठुलो डटकम ईकमर्श प्लाटफर्ममा अनलाईन पसल खोलेर समान बिक्रि तथा वितरण गर्ने सेवा प्रदान गरिएको छ, उनले भने, उद्यमीहरुको व्यवसायको ब्राण्डिङमा पनि सेवा प्रदान गर्दै आएको छ।’

करिब छ महिनाको समयमा १ हजार २ सय भन्दा बढी उद्यमी तथा व्यावसायिहरुलाइ डिजिटल रूपान्तरण गर्न सफल भएको दाबी कम्पनीको छ। विशेषगरि महिला उद्यमीलाई प्रथामिकमताका साथ सेवा दिदै आएकोल यसलार्य निरन्तरता दिईने जनाईएको छ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले उद्यमशिलताको विकासको लागि महानगरलागिरहेको बताए । डिजिटल ब्यवसायको लागि अहिले ब्यवसाय प्रवद्र्धनका लागि धेरै राम्रो कामहरु भईरहेको बताए ।

विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले महिला उद्यमीलाई लक्षित गरि चलाईएको अभियानले घरमै बसेर पनि ब्यवसाय गर्न सकिन्छ भन्ने सन्देश ठुलो डटकम मार्फत लिन सकिने बताईन् ।

नेपाल घरेलु तथा साना उद्यम महासंघ प्रदेश १ का अध्यक्ष अञ्जु उपाध्ययले जमाना अनुसारको कामलाई प्रभावकारी बनाउने काम अनलाईन ब्यापारबाट हुने बताईन् । अर्थशास्त्री डा भेषप्रसाद धमलाले ठूलो डटकम युवाहरु माझ नयाँ ईनोभेसनको रुपमा आएको बताए ।

567
Shares
७ फाल्गुन २०७९, आईतवार १८:३०