मदरल्याण्ड एकेडेमी र संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रजातन्त्र दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेका हुन् ।
विराटनगरको मदरल्याण्ड एकेडेमीमा आयोजित प्रतियोगितामा १४३ जना विद्यार्थीको सहभागिता छ । विराटनगरका १०५ जना तथा विराटनगर बाहिरका विद्यालयबाट ३८ जना विद्यार्थीको सहभागिता छ ।
पहिलो हुनेलाई ५ हजार, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ हजार तथा चौथो हुनेलाई १ हजार रुपैयाँसहित पुरस्कृत गरिने छ ।
कार्यक्रममा ललित संगम कलाका अध्यक्ष जेपी चौधरी र श्रीनिवास पाखेरेललगायत सहभागी छन् ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला छन् ।