विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालको दलीय समीकरण बन्दाकै अवस्थामा राष्ट्रपति को बन्ने भन्ने निधो भइसकेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुमाझ बोल्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रपतिमा एमालेले उम्मेद्वार उठाउने जानकारी दिंदै उहाँले यसका लागि सबैको सहमति जुटाइने उल्लेख गरे ।

राष्ट्रपतिको चुनावमा माओवादी केन्द्रले एमाले उम्मेदवारलाई साथ नदिने कुरा कल्पनाभन्दा बाहिरको भएको उनको भनाइ थियो । राष्ट्रपतिको विषयमा माओवादीसँग पहिला नै सहमति भइसकेको ओलीले बताए ।

कतिपय माओवादी नेताहरूले नै राष्ट्रपति एमालेलाई दिने भन्ने सहमति आफूहरूलाई थाहा नभएको बताइरहेका छन् नि भन्ने जिज्ञासामा ओलीले माओवादीका सबै नेता–कार्यकर्तासँग सहमति गर्ने कुरा नभइ मुख्य नेतासँग सहमतिको कुराले अर्थ राख्ने बताए ।

एमालेबाट को राष्ट्रपतिको उम्मेद्वार हुन्छ भन्ने कुरा फागुन १३ गते हुने मनोनयनकै दिन थाहा हुने ओलीले जनाए ।

70
Shares
७ फाल्गुन २०७९, आईतवार १४:०३