विराटनगर । सर्जक लक्ष्मी रायमाझीको मुक्तक संग्रह ‘शब्द ब्रह्म’ सार्वजनिक भएको छ । नेपाल मुक्तक प्रतिष्ठान प्रदेश १ शाखाले विराटनगरस्थित पोखरिया माविको सभाहलमा आयोजित कार्यक्रममा उक्त संग्रह सार्वजनिक गरिएको हो ।

शाखाका अध्यक्ष बाबुराम पोखरेलको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ दधिराज सुवेदी थिए भने विशिष्ट अतिथिका रुपमा प्रदेश १ प्रदेश सभा उपसभामुख सिर्जना दनुवार, प्रदेश सभा सदस्य मीना श्रेष्ठलगायत सहभागी थिए ।

कार्यक्रममा साहित्यकार सीमा आभास, समालोचक दिनेश श्रेष्ठ, सर्जकहरु मधु पोखरेल, सरला चापागाईं, बिनोद विवशको पनि कार्यक्रममा सहभागिता थियो ।

कार्यक्रममा राधा भट्टराईले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा संग्रहमाथि समीक्षा भूषण ढुङ्गेलले गरेका थिए ।

कार्यक्रममा बोल्दै अतिथिहरुले कृतिको सफलताको कामना गरेका थिए ।

त्यसै क्रममा सङ्ग्रहमा रहेका मुक्तकहरु मन्जुश्री गिरी, लक्ष्मी स्मृति, रोहिणी रसिक, अञ्जु पराजुली, पुष्पा सायरा, राधा सुवेदी, अम्बिका खरेल उप्रेती, नेत्र खतिवडा, देवकोटा निर्बिरोध, किस्मत खतिवडा लगायतले वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन भरत गुरागाईँ बर्बरिकले गरेका थिए ।

378
Shares
७ फाल्गुन २०७९, आईतवार ०७:४६