पोखरा । पोखरामा आयोजित १७औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले जितेका छन् ।

यो उपाधि उनले दोस्रो पटक जितेका हुन् । पोखरा रङ्गशालाबाट सुरु भएको दौडमा कोस्गेइले निर्धारित ४२.१९५ किमीको दूरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गरेका थिए ।

उपाधिसहित उनले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त पाएका छन् ।

यस्तै, महिला हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाइ प्रथम भएकी छन् ।

उनले २१ किलोमिटरको दूरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पुरा गरिन् । महिला हाफ म्याराथनका विजेता राजपुराले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरिन् ।
84
Shares
६ फाल्गुन २०७९, शनिबार १४:०६