टर्कीको दक्षिणपूर्वी क्षेत्र र सिरियामा अघिल्लो सोमवार ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको २ सय ६० घण्टापछि १४ वर्षीय उस्मानलाई उद्धार गरिएको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले ट्विटरमा उल्लेख गरेका छन् ।
उनको हताय प्रान्तको अन्ताक्या अस्पतालमा उपचार भइरहेको छ ।उद्धारकर्मीले बिहीवार २६ र ३३ वर्षका अन्य दुई जनाको पनि उद्धार गरेका थिए । भूकम्पका कारण टर्की र सिरियामा ४१ हजारभन्दा धेरैको ज्यान गएको छ ।
हजारौँ घाइते भएका छन् । लाखौँ मानिस आश्रयविहीन भएका छन् । टर्कीका अधिकारीहरूले अदाना, किलिस र सानलियुर्फा प्रान्तमा उद्धार कार्य पूरा भएको बताएका छन् ।