प्रतिष्ठानमार्फत समाजसेवा गर्ने उद्देश्यले डा. अभिनारायण सुशीला घिमिरे फाउण्डेशन स्थापना गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा फाउण्डेशन सार्वजनिक गरिएको हो । गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने, ज्येष्ठ नागरिकको सुरक्षाका लागि ज्येष्ठ नागरिक आवासगृह निर्माण तथा सञ्चालन, रोजगारीमूलक शिक्षा तथा सिप विकास एवं व्यावसायिक अवसर प्रदान गर्ने, स्वास्थ्य, सरसफाई, पोषण तथा वातावरण संरक्षणसम्बन्धी शिक्षा, सचेतना तथा सेवा प्रदान गर्ने, बालबालिका, महिला, युवा र ज्येष्ठ नागरिकको अधिकार तथा कर्तव्यसम्बन्धी शिक्षा, सचेतना एवं श–शक्तिकरण कार्यक्रम सञ्चालन गर्ने लगायतका उद्देश्य रहेको फाउण्डेशनले जनाएको छ ।
डा. अविनारायण घिमिरे, मालती आचार्य घिमिरे, त्रिलोचन प्रसाद न्यौपाने, यज्ञप्रसाद शर्मा, ऋषिकेश पोखरेल, पेशल कुमार न्यौपाने, तुलबहादुर श्रेष्ठ, नन्दीकेशर भण्डारी, त्रिर्थेन्द्र न्यौपाने र दिपेन न्यौपाने प्रतिष्ठानको संस्थापक रहेका छन् ।कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले फाउण्डेशनको उद्देश्य परिपूर्तिका लागि महानगरका तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मेयर कोइरालाले संस्था स्थापना हुनुभन्दा त्यसलाई दीर्घकाल सम्म सञ्चालन गर्नु ठूलो चुनौती भएको बताएका छन् ।
चुनौतीलाई आत्मसाथ गर्न नसक्दाँ सञ्चालनमा आएको कयौँ प्रतिष्ठानहरु जन्मेको केही वर्षमै लोप हुने गरेको तितो सत्य नेपाली समाजमा विद्यमान रहेको छ । समाज परिवर्तनका उद्देश्य बोकेका यस्ता संस्था, संगठन र प्रतिष्ठानहरुको संरक्षण र प्रबर्घनमा स्थानिय, प्रदेशीक र संघिय संरचनाहरु महत्वपूर्ण भुमिका खेल्नुपर्ने देखिन्छ ।