‘लाइफस्टाइल’ पप मेलोडीमा नाम कमाएका श्रेष्ठका गीतका शब्द युवा पुस्ताको मनसम्मै पुग्ने खालका छन् । त्यसको उदाहरण पछिल्लो उदाहरणका रुपमा भर्खरै रिलिज भएको उनको ‘मायालु सुन न’ बोलको गीत हो ।
यो गीत युटुुवको टप ट्रेन्डिङमा रहेको छ । उक्त गीत १७ लाख बढिले हेरिसकेका छन् । तीन महिना अघि उनले ल्याएको ‘हेर न’ बोलको गीत अहिलेसम्म ९३ लाख पटक हेरिसकिएको छ ।
उनका ‘कुरि बसेछु, मेरो मनमा, चार दिवार, मनका कुरा, आज किन, माया त माया हो, कुराकानी’ लगायतका गीत चर्चित छन् ।
आजको साँझमा स्थानीय ‘शुभम् एण्ड द ब्याण्ड’ ले पनि प्रस्तुति दिने छ । एक्स्पोमा सा“झ ६ः३० बजेसम्म टिकट काट्दा टिकट दर १०० रुपैयाँमात्रै कायम गरिएको छ । कक्षा ९ मुनिका विद्यार्थीले भने ५० रुपैयाँमै टिकट पाउने छन् ।