विराटनगर । निजामती कर्मचारीहरुको समस्यालाई निराकरण गर्ने संघीय मामला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको प्रमुख दायित्व रहेको छ । विराटनगरमा आयोजीत पत्रकार सम्मेलनमा मोदीले आफनो कार्यकालको प्राथमिक विषय संघिय निजामती एन पारित गर्नु रहेको बताएका छन् ।
निजामती कर्मचारीहरुको समस्यालाई समाधान गर्न, आफुले २ महिना भित्र संघिय संसदको चालु अधिवेशनबाट पारित हुने गरी ऐन टेबल गर्ने उनले बताएका छन् ।उनले कर्मचारीलाई आफनो दरबन्धि अनुरुप कार्य क्षेत्रमा काम गर्न सुझाएका छन् साथै कोही कसैले कर्मचारी सरुवाको माग लिएर आए कारवाहीको दायरामा पर्ने चेतावनी समेत दिएका छन् । ‘गाउँ पालिकामा अधिकृत जानु पर्छ , नगरपालिकामा उपसचिव जानु पर्छ , महानगरमा सहसचिव जानु पर्छ ’ मोदीले बताएका छन ।
‘मोदीले आफनै मन्त्रालयबाट कर्मचारीहरुको समस्याको समाधान गर्न थालेका बताएका हुन्। मन्त्रालयमा २ वर्ष सम्म काम गरेका कर्मचारीहरु एउटै शाखामा हुदा शाखा परिर्वतन गर्ने , ३ वर्ष भन्दा माथि एउटै शाखामा काम गरेका छन् भने सरुवा गर्ने , ४ बर्ष माथि एउटै शाखामा छन् भने त्यस्ता कर्मचारीलाई स्थानीय तहमा पठाउने , कोई सुगममा क्षेत्रमा काम गरेका छन भने दुर्गममा पदाउने निर्णय गरेकोे बताएका छन ।मोदीले निजामति कर्मचारीको उमेर हद पनि परिमार्जन गर्ने भनेका छन् ।
मोदी मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि उमेदवारी दिएर माओवादी केन्द्रको चुनावचिन्हबाट जितेका थिए।
तेस्रो पल्ट संसद भएका मोदी अहिले ३७ वर्षमें मंत्री बन्ने अवसर पाएका छन्।
२०७४ को निर्वाचनमा तत्कालीन बाम बंगठबन्धन बाट उमेदवार बनेका मोदी नेपाली काँग्रेसको नेता तथा पूर्व मन्त्री महेश आचार्यलाई पराजीत गरेका थिए।