जिल्ला प्रहरी कार्यालय सुनसरी द्वारा सोमबार एकै दिनमा ४९ जना फरार प्रतिवादी पक्राउ गरिएको छ ।
चालु आ.ब. २०७९र८० मा सम्मानित अदालतहरुबाट विभिन्न मितिमा  विभिन्न मुद्दाहरुमा कैद तथा जरिवाना तोकि फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरिएको हो ।

विषेश प्रहरी टोलि परिचालन गरी पक्राउ गर्ने अभियान चलाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । टोलीले सोमबार एकै दिन एकसाथ पुरुष ३२ जना र महिला १७ जना गरी जम्मा ४९ जना पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतमा बुझाईएको छ ।

कार्यलयले मिति २०७९।०४।०१ गते देखि हाल सम्म २३५ जना फरार प्रतिवदी पक्राउ गरी निजहरुबाट ८१ बर्ष ६ दिन कैद र जरिवाना बापदको रु आठ लाख छैसठ्ठी हजार चार सय एकाउन्न रुपैया बराबरको रकम असुल उपर गर्न सफल भएको छ ।

3
Shares
१७ माघ २०७९, मंगलवार १६:४६