बेलबारी १० भाउन्नेको आयोजनामा संचालीत प्रथम टोल कप फुटबल प्रतियोगिताको दोस्रौ दिनको खेल सम्पन्न भएको छ ।
दोश्रो दिनको पहिलो खेलबाट जनसेवा टोलले जित प्राप्त गर्दै क्वाटर फाईनलको यात्रा तय गरेको छ भने दोस्रौ खेलबाट झल्झली टोल आफ्नो दोस्रौ खेल खेल्दै सैमीफाइनल सम्मको आफनो यात्रा सुनिस्चित गर्न सफल भएको छ ।
पहिलो खेल राष्ट्रीय जनसेवा र मतिगाऊ बीच भएको हो । पहिलो खेलमा राष्ट्रीय जनसेवाले ३–२ को गोलान्तरले माटि टोललाई पराजित गदै क्वार्टर फाइनल सम्म पुगेको हो ।
त्यस्तै गरि प्रतियोगितामा भाँउने र झल्झली टोल बीच भएको दोश्रो खेलमा झल्झली टोलले ४–० गोलान्तरले भाउँनेलाई हराउँदै झल्झली खेलको सेमी फाइनल मा प्रवेश गरेको छ।
पहिलो खेल बाट म्यान अफ द म्याचका रुपमा ज्यकेश राईलाई सम्मानित हुँदा दौस्रौ खलको म्यान अफ द म्याच गौरव लिम्बू भएको थिए।