युथ एड्भोकेसी नेपाल मोरंग जिल्ला शाखाको पहिलो साधारण सभा सम्पन्न भएको छ ।

युथ एड्भोकेसी नेपाल मोरङ जिल्लाको संस्थापक अध्यक्ष युजिन आचार्य को सभापतित्वमा , सुन्दर हरैँचा नगरपालिका प्रवक्ता तथा सुन्दर हरैचा वार्ड नं  १२ का अध्यक्ष रोशन प्रसाद ढकाल को प्रमुख आथित्यमा , युथ एड्भोकेसी नेपाल को केन्द्रिय सचिव नारायण कडरिया को विशिष्ट अथियतमा , रोट्रयाक्ट क्लब अफ सुन्दर हरैचाको अध्यक्ष मनिषा पराजुली , योगदान राष्ट्रीय को लागि सुन्दर हरैचा नगर अध्यक्ष रविन फुयाल , युवा समाज सेवि आनन्द बस्नेत , युवा समाजसेवी लक्ष्मी पोखरेलको लगायतको अथित्यतमा आईतबार मोरङको सुन्दर हरँचा नगरपलिकाको सभा हल मा साधारण सभा गरेर नयाँ कार्यसमिति छनौट गरेको छ ।

सर्वसम्मत रुपमा चयन भएका नयाँ कार्यसमितिको अध्यक्ष पदमा सर्वजित सुवेदी महासचिव मा योगेश दाहाल सचिव मा सुजन अधिकारी, कोषाध्यक्षमा समीक्षा कार्की र सदस्य मा रीचन तिम्सिना, जेनिशा गिरी , जीवन कृष्ण खतिवडा सर्वसम्मत निर्वाचित भएको हुन ।

3
Shares
२२ माघ २०७९, आईतवार १६:१४