काठमाडौंमा योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको तेस्रो पूर्ण बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले सरकारले युवालाई रोजगारी र राजनीतिक नियुक्तिहरूमा उच्च प्राथमिकता दिने उल्लेख गरे ।प्रतिक्रियावादीहरूको घेराबन्दीलाई चिरेर सरकारको नेतृत्व गर्न पुगेको भन्दै यो सफलतालाई कम आँक्न नहुने उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो सङ्गठनलाई बलियो बनाएर अघि बढ्न युवालाई निर्देशन दिए । सरकारले नागरिकको विकास र समृद्धिको आकाङ्क्षालाई पूरा गर्ने उनले बताए ।