उनी संविधान २०७२ को धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
नेकपा एमाले संसदीय दलका नेता कार्की एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।प्रदेश प्रमुखबाट शपथग्रहण गरेपछि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । मन्त्रीहरु हाल बिना विभागीय छन् ।
मुख्यमन्त्रीमा दाबी गर्दै आएको माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्नुपर्ने अडानका साथ सरकारमा सहभागिता जनाएको छैन ।९३ सदस्यीय प्रदेशसभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ सहित कार्कीलाई समर्थन गर्नेको संख्या ६० छ ।